वीरगंज, श्रावण ८ । पर्सा सुन चाँदी व्यवसायी संघले कोरोना सङ्क्रमण नियन्त्रण गर्न संघमा आवद्ध सम्पुर्ण व्यवसाय श्रावण ९ गते देखि १४ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष निरज कुमार सर्राफले आज एक विज्ञप्ती जारी गर्दै संघमा आवद्ध सम्पुर्ण व्यवसायीहरुलाई तोकिएको अवधिसम्म आ-आफ्नो व्यवसाय बन्द गरी सहयोग गर्न र सुरक्षित बस्न अनुरोध गर्नु भएको छ ।
साथै अध्यक्ष सर्राफले पर्सा सुन चाँदी व्यवसायी संघका सम्पुर्ण २६४ सुन चाँदी व्यवसायीहरुको कोरोना बिमा निःशुल्क रुपमा संघले नै गरिदिने जानकारी समेत गराउनु भएको छ ।
पर्सामा कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलिएको आशङ्का उत्पन्न भएपछी स्थानीयहरु त्रसित बनेका छन् । पछिल्लो २ दिनमा सङ्क्रमितहरुको सङ्ख्यामा ह्वातै वृद्धि भएसँगै एक जनाको मृत्यु भएपछी स्थानीयहरु त्रसित भएका हुन् ।