वीरगंज, कार्तिक २७ । आई.एम.ई. लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड वीरगंज शाखाले दिपावली तथा छठको अवसरमा शुभकामना एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
वीरगंज शाखा कार्यालयको सभाहलमा सम्पन्न भएको कार्यक्रममा वीरगंज शाखा अन्तर्गत प्रथम त्रैमासिकमा उत्कृष्ट व्यापार गरेका एजेन्सी म्यानेजरहरु इमाम आलम, सुमन कुमार कुशवाहा, प्रिन्स कुमार कुशवाहा, विकाश कलवार, खुश्बु चौरसिया त्यसैगरि उत्कृष्ट काम गर्ने अभिकर्ताहरु उमरावती देवी चौरसिया, सुबोध पाण्डेय, ओमप्रकाश कुशवाहा, शुभनारायण प्रसाद रौनियार, जयप्रकाश साह, धर्मेन्द्र कुमार रायभर, सबिना भण्डारी, बिनय कुमार रायभर लगायतलाई कम्पनीका प्रदेश २ का प्रदेश प्रमुख रविशंकर सर्राफले सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्ने क्रममा हाल विश्वनै कोरोनाको महामारीमा रहेको अवस्थामा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुले गरेको कार्य उल्लेखनिय भएको भन्दै कम्पनीका वीरगंज शाखा प्रमुख राजेश कुमार सिंह राजपुतले प्रशंसा गरेका थिए ।