जेठ २८, नयाँ दिल्ली (भारत) । भारतीय बायोटेक कम्पनी प्यानासियाले कोभिड–१९ विरुद्धको खोप बनाउने भएको छ ।
कम्पनीले अमेरिकी कम्पनी रेफाना इंकसँग मिलेर सम्भावित खोप बनाउने भएको हो ।
दुई कम्पनीबीचको सहकार्यबाट खोपको ५० करोडभन्दा धेरै डोज तयार पारिने बुधवार बताइएको छ । यी मध्ये ४ करोड डोज भने आगामी वर्षको शुरुमा उपलब्ध हुने स्टक एक्सचेञ्जलाई बुझाएको एक विज्ञप्तिमा प्यानासियाले भनेको छ ।
यो खबरसँगै भारतको नेशनल स्टक एक्सचेञ्जमा बिहानी कारोबारमा कम्पनीको शेयर मूल्य २० प्रतिशतले बढेको थियो । एजेन्सी
