वीरगंज, असोज २५ । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा youth association nepal तथा mohatari network of youth र RDC Nepal को संयुक्त सहकार्यमा वीरगंजको घन्टाघर चौकमा youth association nepal का ज्योति साह ज्यूको अध्यक्षतामा तथा वीरगंज महानगरपालिकाकी उपप्रमुख सुश्री शान्ति कार्की ज्युको प्रमुख आतिथ्यमा साथै नगर बाल संजालको र युथ अफ वीरगंजका सदस्यहरु लगायत चाइल्ड क्लब ग्रेजुएट जया साह र टिम नेपोका अध्यक्ष दिपु बर्नवाल लगायत गङ्गा श्रेष्ठ, रन्जिता कलवार, सिजल कुमारी, अर्चना कुमारी लगायत विभिन्न युवायुवतीहरुको उपस्थितिमा दिप प्रज्वलन गरी अन्तर्राष्ट्रिय बालिका दिवस मनाइएको छ ।
सो कार्यक्रममा बोल्दै उपमेयर शान्ति कर्कीले अहिलेको अवस्थामा महिलाहरु असुरक्षित छ्न, महिला को सहभागिता बढाएर महिलालाइ अबल बनाउन सकिन्छ । अगडी अगाडी बढ्ने महिलाहरुको लागि म जहिले पनि साथ दिन त्यार छु भनी बताउनु भएको छ ।