वीरगंज, कार्तिक ८ । पर्साको बिन्दवासनी गाँउपालिकामा भएको झडप घटनाको निष्पक्ष छानबिन गर्न राष्ट्रिय यूवा संघ नेपाल पर्साले माँग गरेको छ ।
शनिबार राष्ट्रिय यूवा संघ नेपाल पर्साले एक प्रेस विज्ञप्ती जारी गर्दै बिन्दवासिनी गाँउपालिकाका नेकपा गाँउपालिका कमिटी सचिव मुकेश चौरसियाको कार्तिक ६ गते झडपको क्रममा घाईते भई वीरगंज स्थित न्युरो अस्पतालमा उपचारको क्रममा कार्तिक ७ गते असामयिक निधन भएकोमा संघ स्तब्ध भएको जनाएको छ ।
संघले मृतक आत्माको चिरशान्तिको कामना गर्दै झडपमा घाईते भएका सम्पुर्णको शीघ्र स्वास्थ्य लाभको कामना समेत विज्ञप्ती मार्फत गरेको छ ।
राष्ट्रिय यूवा संघ नेपाल पर्साका संयोजक महम्मद निजामुदिन, सहसंयोजक ओमप्रकाश गुप्ता, केन्द्रिय सदस्य एवं ईन्र्चाज बिमल पौडेल र केन्द्रिय सदस्य एवं सह ईन्चार्ज विकाश रौनियारले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा झडपको क्रममा घाइते भई मृत्यु भएका चौरसिया र गम्भिर घाईते भएका घाईतेहरुको बारेमा उच्चस्तरीय कमिटी गठन गरी छानबिन र अनुसन्धान गर्न माँग समेत रहेको छ ।
साथै सो झडपमा उपस्थित पार्टीका नेता तथा सदस्यहरुमाथि पनि स्वतन्त्र र निष्पक्ष रुपमा छानबिन हुनुपर्ने र कसैमाथि राजनितिक प्रतिशोध नराखी छानबिन गर्न र गराउन सम्बन्धित निकायसँग बिज्ञप्ती मार्फत माँग गरिएको छ ।

