वीरगंज, माघ २७ । नेपाल पत्रकार महासंघ प्रदेश कमिटीले गत वर्षदेखि शुरु गरेको प्रदेश पत्रकारिता पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघ पर्साका पुर्वअध्यक्ष एवं प्रतीक दैनिकका सम्पादक शत्रुघ्न नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ ।
मंगलबार प्रदेश अध्यक्ष दीपेन्द्र चौहानको संयोजकत्वमा नेपाल फोटो पत्रकार महासंघ प्रदेश अध्यक्ष पंकज श्रेष्ठ र इकोनोमिक जर्नालिष्ट एशोसिएशनका अध्यक्ष विजय कुशवाहा रहेको पुरस्कार छनोट समितिले पत्रकार नेपाललाई पुरस्कार दिने निर्णय गरेको पत्रकार महासंघ प्रदेश कमिटीका सचिव गुरुप्रसाद गौतमले बताए ।
गत वर्षको यो पुरस्कार यसअघि नै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झालाई दिने निर्णय गरिएको थियो ।
दुवै पुरस्कार यही फागुन १ गते वीरगंजमा हुने प्रदेश साधारणसभामा वितरण गरिने सचिव गौतमले बताए ।