राकेश साह, वीरगंज । बैंकिङ्ग प्रक्रिया भन्दा बाहिरवाट रकमको ओसार पसार गर्नु नै सामान्य अर्थमा हुण्डी हो ।
नेपाल सरकारले हुण्डी कारोवारलाई अवैधानिक घोषणा गरेपनि प्रभावकारी ढंगले नियन्त्रण गर्न नसक्दा सिमावर्ती क्षेत्रमा हुण्डीको कारोवार फस्ट्याएको छ । पैसाको स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत अन्तराट्रियस्तरमा सजिलै पैसा पठाउन सकिने भएकाले हुण्डीको कारोवारमा आर्कषण बढेको जानकारहरु बताउँछन । खुल्ला सिमानाका कारण पर्सामा कारोवार नियन्त्रण गर्न चुनौति देखिएको पर्साका प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले बताए । बिगतका बर्षहरुमा हुण्डिको केन्द्र बिन्दु बनेको वीरगंजमा अहिले कमी आएको खनालको दावी छ । उनले कतिपय व्यक्ति जानेर तथा कतिपय व्यक्ति नजानेर यसमा फस्ने गरेका बताए । पहिलेको तुलनामा पर्सामा धेरैनै हुण्डी कारोवार नियन्त्रणमा आएकोे प्रहरीको दावी छ । तर अघिल्लो आर्थिक बर्षको तथ्यांकले हुण्डि कारोवारमा खासै कमी नआएको देखाउँछ । बरु तथ्यांकले सिमावर्ती क्षेत्रमा हुण्डी कारोबारीहरूको सक्रियता बढेकै देखाउछ ।
जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांक :
आर्थिक वर्ष २०७६-०७७ मा पर्सा प्रहरीले हुण्डिको १६ वटा मुद्दा दर्ता गरी २५ जना कारोवारीलाई पक्राउ गरि कारवाही पक्रिया अगाडि बढाएको छ । जसमा १२ नेपाली र १३ भारतीय रहेका छन । पक्राउ परेका हण्डी कारोवारी बाट दुई करोड १७ लाख ९९ हजार पाँच सय बिस रुपैया बरामद गरेको छ । पर्सा प्रहरीले आ.ब. ०७७-०७८ को श्रावनमा एक नेपाली र एक भारतीय सहित दुई जनालाई पक्राउ गरी मुदा दर्ता गरेको छ । उनीहरुबाट ६ लाख १६ हजार ८५० रुपैया बरामद समेत गरेको छ । कार्तिकमा दुई नेपाली र एक भारतीय सहित तिन जनालाई पक्राउ गरी प्रहरीले मुद्दा दर्ता गरेको छ । उनीहरुबाट प्रहरीले १९ लाख ९१ हजार बरामद गरेको छ । मंसिरमा एक जना नेपालीलाई पक्राउ गरेको छ । उनको साथबाट पनि प्रहरीले चार लाख पक्राउ गरेको छ। पुसमा दुई भारतीय लाई पक्राउ गरी प्रहरीले मुदा दर्ता गरेको छ । उनीहरुको साथबाट पनि प्रहरीले चार लाख रुपैया बरामद गरेको छ । माघमा पनि दुई भारतीयलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट दुइ लाख ७४ हजार दुई सय बरामद गरेको छ । फागुनमा प्रहरीले ४ भारतीयलाई पक्राउ गरी १७ लाख ८७ हजार चार सच चालिस बरामद गरी मुदा दर्ता गरेको छ । चैत्र महिनामा ३ नेपालीलाई हुण्डिी कारोवार गरेको आरोपमा पक्राउ गरेको छ । उनीहरुको साथबाट सोह्र लाख बरामद गरेको छ । बैशाख महिनामा दुई नेपाली र ३ भारतीय गरी पाँच जनालाई हुण्डिी कारोवारको आरोपमा पक्राउ गरेको छ । उनीहरुको साथबाट पनि प्रहरीले ९० लाख ५० हजार बरामद गरेको छ र जेठ महिनामा तिन नेपाली हुण्डि कारोवार गरेको आरोपमा पक्राउ परेको र उनीहरुको साथबाट ५६ लाख ८० हजार बरामद गरिएको प्रहरी जनाएको छ । त्यसस्तै आर्थिक बर्ष ०७८-०७९ को दोस्रो महिना भदौ मात्र प्रहरीले हुण्डिको ५ वटा मुद्दा दर्ता गरेको छ । प्रहरीले हुण्डि कारोवारमा संलग्न रहेको आरोपमा ६ नेपाली र एक भारतीय सहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका हुण्डि कोरावारीबाट ६३ लाख १४ हजार सात सय बिस रुपैया बरामद समेत गरेको छ ।
खुला सिमानाका कारण पर्सामा हुण्डी कारोबार नियन्त्रण चुनौतीपूर्ण भए गोप्य सूचनाको आधारमा छापा हानी महत्वपूर्ण सफलता हासिल गरेको पर्सा प्रहरीका प्रहरी प्रवक्ता समेत रहेका खनालले बताए ।
उद्योगी व्यवसायिको आफनै पिडा :
हुण्डीलाई नियन्त्रण गर्न भन्सार मुल्याँकन ठिक गर्नुपर्ने वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले बताए । वास्तविक भन्सार मुल्याँकन नभए सम्म हुण्डीलाई नियन्त्रण गर्न समस्या हुने बताए । उनले दैनिक पसलबाट बिक्री हुने रुपैया पनि घर र बैंकसम्म लैजान समस्या भएको बताए । “खुल्ला सिमाका कारण हजारौ नेपालीहरु सिमावती शहर रक्सौल,सिक्टा,भेलाही,आदापुरमा गई लाखौको समान खरिद गर्ने गरेका छन । उनीहरुले प्राय नेपाली रुपैयाले नै किनमेल गर्ने गरेका छन ।सिमावर्ती शहरमा जम्मा हुने लाखौ नेपाली रुपैया भारतमा नचल्ने भएपछि पुनः त्यो रुपैया नेपालमै फर्केर आउने र त्यो बराबरको भारतीय रुपैया बाहिर जाने गरेका बताए ।
भारतीय व्यवपारिहरुले नेपाली ग्राहकबाट जम्मा भएको नेपाली रुपैया पनि नेपालमा ल्याउदा त्यसलाई हुण्डी भन्ने गरेको र कतिपय व्यवपारि पक्राउ समेत परेको गुप्ताले बताए” । उनले “कि त नेपाल सरकारले नेपाली रुपैया भारतमा प्रतिबन्ध गर्नुपर्छ अन्यथा बोर्डरलाई सिल गर्नुपर्छ । दस हजार सम्मको किनबेचमा भन्सार छुटको अधिकार दिएको नेपाल सरकारले सिमावर्ती शहरका भारतीय व्यवपारिले ल्याएको नेपाली रुपैयालाई हुण्डी भनी पक्राउ गर्न हुन्न बताउछन” । उनले देशले पोलेसि लेवलमा सुधार गरी भन्सारको मुल्याँकनमा सुधार गरे हुण्डी कारोवार स्वत नियन्त्रण हुने दावी गरे । पछिला दिनहरुमा प्रहरीले व्यवपार गर्न खल्तीमा राखिएको दुई चार लाख रुपैयालाई पनि हुण्डी को रकम हो भन्नी दुख दिने गरेको छ । उनले बिषय बस्तु नै नबुझि व्यपारिलाई हुण्डीको नाममा दुख दिने काम बढेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
वीरगंजका सुन व्यवपारि रोसन सर्राफलाई दुई चार लाख रुपैया बोकेर हिड्न डर लाग्न लागेको बताए । “ कहिले काही सुन चाँदी खरिद गर्न वीरगंजकै अर्को पसल वा कलैया, जितपुर जानु पर्ने हुन्छ, त्यो बेला खल्तीमै ५-७ लाख रुपैया बोकेको हुन्छु, प्रहरीले हुण्डी कारोवारीको आरोपमा पक्राउ पो गर्ने हो कि चिन्ता लाग्ने गरेको बताए” त्यस्तै जग्गाको कारोवार गर्ने शिवकुमार साहको पनि त्यस्तै समस्या छ । उनले पनि जमिनको बायना बाटा गर्न ४-५ लाख खल्तीमै राख्नुपर्ने हुन्छ । कुनै दिन भनेकै दिन बायना बाटा नहुदा दुई चार दिन सम्म खल्ती मै रुपैया बोक्नुपर्ने अवस्था आउँछ , त्यस्तो बेला हुण्डीको आरोपमा पक्राउ पर्ने डर हुन्छ ।
सिमावर्ती शहरमा हुण्डिको कारोवार गर्न झन सजिलो :
खुल्ला सिमाना कारण यहाँ एक देश बाट अर्को देशमा सजिलै आउन जान सकिन्छ । खुल्ला बोर्डर भएका कारण मुख्य भन्सार बाहेक अन्य साना नाकाहरु बाट पनि हुण्डि कारोवारीहरु सजिलै प्रवेश पाउछन । हुण्डकिो कारोवार गर्न एउटै समूह वा सम्पर्क कायम भएका ब्यक्त्तीहरु नेपाल र विदेशमा बसेका हुन्छन् । यसमा आधुनिक सूचना प्रविधिको प्रयोग गरीन्छ । हाल मोबाइलबाट हुण्डी कारोबार बढि संचालन गरेको देखिन्छ ।
सुन व्यवसायिको संलग्नता :
गत भाद्र ३० गते बुधबार मात्र पर्सा प्रहरीले वीरगञ्जको माइस्थानमा रहेको केपी स्वर्ण कला केन्द्रबाट श्रोत नखूलेको ३८ लाख ५१ हजार १ सय रुपैया नगद बरामद गर्नुका साथै केन्द्रका सञ्चालक कन्हैया प्रसाद सोनार र बारा परवानीपुर वडा नम्बर ३ बस्ने दिपक कुमार सर्राफ लाई नियन्त्रणमा लियो । अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको क्राइम शाखाका प्रहरी नायब निरीक्षक विनोद कुमार सिँहको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ ग¥यो । यसअघि पनि प्रहरीले सोही पसलमा छापामारी गरेर स्रोत नखुलेको ४१ लाख ९२ हजार नगद र २ किलो ९ सय ग्राम चाँदीसहित ८ जनालाई पक्राउ गरेको थियो । सिमावर्ती क्षेत्रमा विशेष गरेर सुनचादीको कारोवार गर्नेहरु आफनो अवैध कारोवार र राजश्व छलि गर्नको लागि यस्तो क्रियाकलाप गर्दै आएका देखिएको छ । प्रहरीका अनुसार आयात,निर्यात सुनचादी पसल,विदेशी मुद्रा विनियम , टाभल्स एजेन्सी र कम्युनिकेशन सेन्टर व्यवसायहरु हुण्डिको अवैध कारोवारलाई लुकाउने कवचका रुपमा प्रयोग भईरहेका छन ।
पर्सामा हुण्डिको आरोपमा पक्राउ परेका अभियुक्त मध्ये सुनचाँदी व्यवसायमा संलग्न रहेको व्यक्तिको संख्या बढि देखिएको छ ।
कानूनी ब्यवस्था :
नेपालको कानुनमा हुण्डीको बारेमा स्पष्ट परिभाषा नभएकोले कानुनी रुपमा समस्या रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार नै हुण्डी सम्वन्धी अपराधलाइ समेत विदेशी विनिमय अपचलनमा अनुसन्धान र अभियोजन गर्ने गरिएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुर गरेमा बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिबाना र पाँच वर्षसम्म कैद, (ख) दफा १०३ को उपदफा (१) को खण्ड (ख) बमोजिमको कसुर गरेमा बिगो भए सोे जफत गरी बिगोको दुई गुणासम्म जरिबाना र दुई वर्षसम्म कैद, (ग) दफा १०३ को उपदफा (१) को खण्ड (ग), (घ), (ङ), (च) वा (छ) बमोजिमको कसुर गरेमा बिगो भए सो जफत गरी बिगो बराबरको जरिबाना र एक वर्ष सम्म कैद सजयको व्यवस्था गरेको छ । यस्तो कानुनी अस्पष्टताको कारणले नै यसको फाइदा उठाउदै हुण्डी कारोवारी बिभिन्न सरकारी प्रयासका बावजुद नियन्त्रणमा आउन सकेको छैन । आए पनि सजिलै उम्किन सफल भएका छन ।
हुण्डीको कारोवारमा किन आर्कषण बढ्यो ?
बैंकको कामकारवाही झन्झटीलो र लामो हुने भएकाले हुण्डिमार्फत सजिलै र छिटै रकम पाइने भएकोले हुण्डि प्रतिको आकर्षण बढदै गएको जानकारहरु बताउछन । सिमावर्ती क्षेत्रका व्यवपारिहरु भन्सारमा हुने न्यून विजकीकरण (भन्सार मुल्यांकन) कम देखाई राजस्व चुहावट गर्न हुण्डी कारोवारीलाई प्रयोग गरेको देखिन्छ । त्यसतै वीरगंज पथलैया औधोगिक करिडरमा कार्यरत भारतीय मजदुरको तलब पनि हुण्डिको मार्फत पठाउन सकिने भएकोले यस प्रति आर्कषण बढदो छ । यसमा राज्यलाई घाटा र व्यवसायिलाई बढि फाईदा हुन्छ । त्यस्तै भन्सार महसुल कम लाग्ने वा लाग्दै नलाग्ने सामानमा धेरै मुल्यांकन (अधिक विजकीकरण) गरी नेपालबाट पैठारी गर्दा बैद्यबाटोबाट विदेशमा रकम पठाउन पाइने भएकोले पनि हुण्डीको रकम बिदेश पठाउने कार्य हुन्छ । यस बाहेक खुला सिमानाबाट हुने चोरी तस्करीको भुत्तानी गर्न र लागुपदार्थ तथा भ्रष्टाचार र राजस्व चुहावटको रकम लुकाउन, पनि हुण्डि कारोवार माध्यम बनेको छ । अझ स्पष्ट कानूनको अभावले गर्दा पक्राउ परि कारवाही सुरु भएपनिे कानुनी दाउपेजबाट सजिलै उम्कन सक्ने अवस्थाले पनि यसलाइ प्रोत्साहन गरेको पाइन्छ । हुण्डी कारोबार नियन्त्रण गर्न सरकारले नीति नै परिमार्जन गर्नु आवश्यक छ।
हुण्डी कारोबार रोक्न कडा कानुन र त्यसको कडाइका साथ कार्यान्वयन एउटा मात्र उपाए हो ।
कसरी हुन्छ हुन्डी कारोबार ?
पछिल्लो समय नेपालमा धेरै प्रक्रिया र माध्यमबाट हुण्डीको कारोबार भएको देखिन्छ । यसमा आधुनिक सूचना प्रविधिको प्रयोग बढि गरीन्छ । हाल मोबाइलबाट हुण्डी कारोबार बढि संचालन गरेको देखिन्छ । प्राय दुई देशमा सम्पर्क व्यक्तिहरू राखेर हुण्डि कारोबार हुने गरेको छ। नेपालबाट भारतमा पैसा पठाउन भारतमा रहेको एजेन्टले नेपालको एजेन्टलाई खबर गर्छ। नेपालको एजेन्टलाई पैसा दिएपछि भारतको एजेन्टले आफ्नो व्यक्तिलाई पैसा उपलब्ध गराउँछ। यसबापत उनीहरूले केही प्रतिशत कमिशन लिने गर्छन्। कारोवारीहरुले बिशेष कोर्ड प्रयोग गरी हुण्डिीको पैसा लेनदेन गरेको पाइएको छ । पछिल्लो समय अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, अमेरिका, बेलायत लगायतका देशमा मात्र नभइ खाडी मुलुकहरूमा कार्यरत कामदार पनि यसमा फस्ने गरेको देखिएको छ ।
अर्थतन्त्रमा असर :
हुण्डीको कारोबारमा वृद्धि भए पछि देशको आर्थिक अवस्थामा धेरै असर पर्छ । नेपालमा हुण्डीको कारोवारबाट अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको कुरा नकार्न सकिदैन । यथार्थ राजस्व प्राप्त नभइ हुने चुहावटमा पनि हुण्डीले नै सहयोग पु¥याइरहेको देखिन्छ । ठुला ब्यापारीहरुले बैंक वाट नभई हुण्डी वाट कारोबार गर्न झन्झट नहुने र ट्याक्स समेत तिर्न नपर्ने भएकोले अर्बौ रकम राज्यले गुमाउनु परेको छ।हुण्डिका कारण तस्करी फस्टाउने, राज्यलाई प्राप्त हुने विदेशी मुद्रा अवैधानिक क्षेत्रको नियन्त्रणमा जाने, राज्यलाई प्राप्त हुने करको ठूलो हिस्सा अबैधानिक क्षेत्रको नियन्त्रणमा पुग्ने तथा बैधानिक अर्थतन्त्रलाई अबैधानिक क्षेत्रले प्रभावित पार्दा पुरै अर्थतन्त्र प्रभावित हुनसक्छ । समयमै हुण्डि नियन्त्रण बारे प्रभावकारी कानुन नल्याए देश पछि पर्न सक्छ । हुण्डी कारोबार व्यापारिक लाभका लागि मात्र सिमित छैन । आतंकवादी क्रियाकलापको लागि पैसा पठाउन,लागुऔषध, हतियार तथा सुनलगायतका सामान तस्करीमा पनि हुन्डीमार्फत नै आर्थिक लेनदेन हुने गरेको तथ्य बाहिर आइसकेको छ । दैनिकजसो हुण्डी कारोबारी पक्राउ परिरहेको घटनाले हुण्डी कारोबार एकदमै धेरै जोखिमपूर्ण छ र यसले अनधिकृत व्यापार व्यवसायसँगै राजश्व समेत घटाएको देखाएको छ । यसले गर्दा देशलाई आर्थिक भार पर्नुको साथै सुरक्षा चुनौती समेत बढेको छ ।