वीरगंज, जेठ ३० । वीरगंज महानगरपालिकाको कोरोना विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंकले रु. १ लाख आर्थिक सहयोग गरेको छ ।
वीरगंज महानगरपालिकाले पिसिआर मेसिन, भिटिएम किट लगायत स्वास्थ्य सामग्री खरिद गर्नका लागि शुरु गरेको अभियानमा हातेमालो गर्दै सिद्धार्थ बैंकले पनि सहयोग गरेको बैंकका वीरगंज शाखा प्रबन्धक बाबुराम न्यौपानेले बताउनु भयो ।
बैंकका शाखा प्रबन्धक न्यौपानेको नेतृत्वमा गएको टोलीले महानगरका मेयर विजय सरावगीलाई आज उनको कार्यकक्षमै भेटेर रु. १ लाखको चेक हस्तान्तरण गरेको हो ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रबन्धक न्यौपानेले महानगरपालिकाद्वारा शुरु गरिएको अभियानमा अन्य सम्पूर्ण सरोकारवाला निकाय, क्षेत्र र वित्तीय संस्थाहरुलाई पनि सहयोग गर्न आग्रह गरे ।
उनले कोरोना भाइरसको युद्धमा सबै मिलेर अगाडी बढे अभियानले सार्थकता पाउने बताए ।
त्यसैगरी मेयर सरावगीले सिद्धार्थ बैंकले वीरगंज महानगरपालिकालाई सहयोग गरेकोमा धन्यवाद दिँदै महानगरले खरिद गर्न लागेको नयाँ पिसिआर मेसिनबाट छिट्टै परीक्षण शुरु हुने जानकारी दिए ।
