वीरगंज, जेठ ३० । वीरगंज महानगरपालिकाको कोरोना विपद् व्यवस्थापन कोषमा प्राइम कमर्सियल बैंकले रु. १ लाख आर्थिक सहयोग गरेको छ ।
वीरगंज महानगरपालिकाले पिसिआर मेसिन, भिटिएम किट लगायत स्वास्थ्य सामग्री खरिद गर्नका लागि शुरु गरेको अभियानमा हातेमालो गर्दै प्राइम कमर्सियल बैंकले पनि सहयोग गरेको बैंककी वीरगंज शाखा प्रबन्धक मर्यादा थापाले बताउनु भयो ।
बैंककी शाखा प्रबन्धक थापाको नेतृत्वमा गएको टोलीले महानगरका मेयर विजय सरावगीलाई आज उनको कार्यकक्षमै भेटेर रु. १ लाखको चेक हस्तान्तरण गरेको हो ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रबन्धक थापाले महानगरपालिकाद्वारा शुरु गरिएको अभियानमा अन्य सम्पूर्ण सरोकारवाला निकाय, क्षेत्र र वित्तीय संस्थाहरुलाई पनि सहयोग गर्न आग्रह गरे ।
उनले कोरोना भाइरसको युद्धमा सबै मिलेर अगाडी बढे अभियानले सार्थकता पाउने बताए ।
त्यसैगरी मेयर सरावगीले प्राइम कमर्सियल बैंकले वीरगंज महानगरपालिकालाई सहयोग गरेकोमा धन्यवाद दिँदै महानगरले खरिद गर्न लागेको नयाँ पिसिआर मेसिनबाट छिट्टै परीक्षण शुरु हुने जानकारी दिए ।
