वीरगंज, जेठ ३० । वीरगंज महानगरपालिकाको कोरोना विपद् व्यवस्थापन कोषमा लियो ग्यास उद्योग बाराले रु. ५१ हजार आर्थिक सहयोग गरेको छ ।
वीरगंज महानगरपालिकाले पिसिआर मेसिन, भिटिएम किट लगायत स्वास्थ्य सामग्री खरिद गर्नका लागि शुरु गरेको अभियानमा हातेमालो गर्दै लियो ग्यास उद्योगले पनि सहयोग गरेको उद्योगका संचालक निर्मल खत्रीले बताउनु भयो ।
संचालक खत्रीले महानगरका मेयर विजय सरावगीलाई आज उनको कार्यकक्षमै भेटेर रु. ५१ हजारको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै संचालक खत्रीले महानगरपालिकाद्वारा शुरु गरिएको अभियानमा अन्य सम्पूर्ण सरोकारवाला क्षेत्र र व्यवसायीहरुलाई पनि सहयोग गर्न आग्रह गरे ।
उनले कोरोना भाइरसको युद्धमा सबै मिलेर अगाडी बढे अभियानले सार्थकता पाउने बताए ।
त्यसैगरी मेयर सरावगीले लियो ग्यास उद्योगले वीरगंज महानगरपालिकालाई सहयोग गरेकोमा धन्यवाद दिँदै महानगरले खरिद गर्न लागेको नयाँ पिसिआर मेसिनबाट छिट्टै परीक्षण शुरु हुने जानकारी दिए ।
