वीरगंज, जेठ ३२ । नेपाल बैंक लिमिटेडको प्रदेश २ कार्यालयले आज एक कार्यक्रमका बिच वीरगंज महानगरपालिकालाई पिसिआर मेसिन खरिदका लागि १ लाख रुपैया सहयोग हस्तान्तरण गरेको छ ।
पिसिआर खरीदको लागि नेपाल बैंकको टोलीले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगंज महानगरका मेयर विजय सरावगीलाई रु. १ लाखको चेक हस्तान्तरण गरेको नेपाल बैंक लिमिटेड प्रदेश २ का प्रबन्धक प्रतिभा डङ्गोलले जानकारी दिनुभयो ।
चेक हस्तान्तरण कार्यक्रममा नेपाल बैंक लिमिटेड सिटी अफिस वीरगंजका प्रमुख निर्मल सुवेदी, आदर्शनगर शाखाका प्रमुख लालबाबू पटेल, प्रादेशिक कार्यालयका वरिष्ठ प्रबन्धक शिखरनाथ खनाल, आदर्शनगर शाखाका रामबाबूप्रसाद पटेल लगायतको सहभागिता रहेको थियो ।
नेपाल बैंक लिमिटेडले हालसम्म केन्द्र सरकारलाई रु. १ करोड, सातवटा प्रदेशलाई रु. ३५ लाख र वीरगंज महानगरपालिकालाई १ लाख सहयोग गरिसकेको छ ।
