वीरगंज, असार १ । नेपाल राष्ट्रिय पान व्यवसायी संघ वीरगंजले सहज वातावरणमा व्यवसाय संचालन गर्न अनुमति माँग गर्दै आज प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीलाई अनलाईनको माध्यमबाट ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष लालबहादुर बरईको नेतृत्वमा गएको टोलीले विश्व ब्यापी कोरोना भाइरस महामारीको बेला नेपाल सरकारद्वारा चैत्र ११ गतेदेखि लागु गरिएको लकडाउनको समयमा पान व्यवसाय पुर्ण रुपले बन्द हुँदा आर्थिक तथा मानसिक समेत असर परेकोले अन्य व्यवसाय सरह पान व्यवसायलाई पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना गर्ने गरि संचालनको वातावरण मिलाईदिन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीलाई अनलाईन मार्फत ज्ञापनपत्र बुझाएको हो ।

