रौतहट, भदौ २५ । रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा चौथो नगरसभा सम्पन्न भएको छ ।
नगरपालिकाको कार्यालय सभाकक्षमा आयोजित कार्यक्रमका बीच नगर प्रमुख संतोष कुमार मेहताको अध्यक्षतामा बुधवार नगरपालिकाको चौथो नगरसभा भब्यताका साथ सम्पन्न भएको हो ।
नगरसभाले चालु आर्थिक वर्ष २०७७/०७८ मा नगरको समग्र विकासका लागि ३८ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ ।
चालु आर्थिक वर्षमा नगरको चौतर्फी विकासकालागि ईशनाथ नगरपालिकाले आफनो चौथो नगरसभाबाट ३८ करोड ५० हजार ५७० रुपैया बजेट पारित गरेको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, सशर्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय लगायतको गरी सो बजेट प्रस्तुत गर्नुभएको छ ।
यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विद्युत, भौतिक पुर्वाधार निर्माण कार्य लगायतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख संतोष कुमार मेहता ले जानकारी दिनुभयो ।