वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगञ्जले बिल बिजकमा उल्लेख भए भन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा मंगलबार बिहान ०३:४५ बजेको समयमा वीरगञ्जको घण्टाघर स्थित सडक खण्डबाट वीरगञ्जबाट पोखरातर्फ जादै गरेको ना.४.ख २६४१ नम्बरको ट्रक सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) रामजंग पाण्डेको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
उक्त ट्रकमा रहेको किराना सामानहरुको बिल बिजकमा भ्याट सहित रु. ३१,७३,४२५ मुल्य बराबर उल्लेख भएको तर बिल बिजक भन्दा बढी र फरक सामान भएको आशंकामा सामानहरु सहित नियन्त्रणमा लिएको ट्रकलाई आवश्यक अनुसन्धान र कारर्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको जानकारी गुल्मले गराएको छ।