वीरगंज, भदौ २० । वीपी कोईराला युवा नेतृत्व विकास मञ्च पर्साले कार्यसमितिलाई पूर्णता दिएको छ । मञ्चका अध्यक्ष हरिन्द्र यादवले शनिबार पर्साका सक्रिय युवाहरूलाई विभिन्न पदमा पदीय जिम्मेवारी प्रदान गर्दै कार्यसमितिलाई पूर्णता दिएका हुन् ।
यादवले दिएको जिम्मेवारी अनुसार वरिष्ठ उपाध्यक्षमा दिपक कुमार साह कानु, उपाध्यक्षमा जन्मजय महतो तत्वा, दामोदर यादव र मुना कुमार यादव, सचिवमा जय प्रकाश प्रसाद गुप्ता, सहसचिवमा दिपेश श्रीवास्तव, अमित कुमार पटेल, रन्जन चौरसिया र राजिव गुप्ता, कोषाध्यक्षमा प्रिती सिंह रहनु भएको छ ।
त्यसैगरि समितिको अन्य सदस्यहरुमा क्रमशः सम्पत कुशवाहा, राहुल गुप्ता, अमित चौरसिया, अनिल साह, निलम साह, सुनिता श्रेष्ठ, अन्जन गुप्ता, अनिल कुमार चौरसिया, राहुल श्रीवास्तव, पप्पु गिरि, पार्वती भण्डारी, राजा गुप्ता, रवि प्रकाश पण्डित र रन्जित पटेल रहनुभएको सदस्य राहुल कुमार गुप्ता ले जानकारी दिनुभयो ।
वीपी कोईराला युवा नेतृत्व विकास मञ्च जननायक विशेश्वरप्रसाद कोइरालाको लोकतान्त्रिक समाजवादप्रति आस्था राख्ने विद्यार्थीहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापना भएको युवाहरूको संस्था हो ।
विगत १० वर्षदेखि मञ्चले देशभरका युवाहरुलाई संगठित गर्दै विचार गोष्ठी, अन्तरक्रिया र प्रशिक्षण लगायतका कार्यक्रमहरु गदै युवाहरुको नेतृत्व विकास गर्दै आईरहेको छ । मञ्चले देशभर संजाल विस्तार गरिरहेको सदस्य राहुल कुमार गुप्ताले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि विपी कोइराला युवा नेतृत्व विकास मञ्चका प्रदेश २ का सम्पर्क व्यक्ति मनोहर साह, विशिष्ट अतिथी जिपी कोईराला फाउण्डेशन पर्साका सचिव धिरज गुप्ता र नेपाली कांग्रेसका जिल्ला सदस्य धमेन्द्र पटेलको पनि उपस्तिथि रहेको थियोे ।