वीरगञ्ज, साउन १६ । पर्साका पूर्व जिल्ला सभापती एवं कुस्तीका चर्चित पहलवान फजिल अहमदको ९० बर्षको उमेरमा आज बिहान निधन भएको छ ।
नेपालको पञ्चायती व्यवस्थामा उनी पर्सा जिल्लाको १८ बर्ष सम्म सभापती रहेका थिए । पञ्चायती कालमा रातनितिमा चमकेका अहमद कुस्तीको राम्रो खेलाडी पनि थिए ।
उनी नेपाल र भारतका चर्चित खलिफा मध्ये एक रहेको ११ नम्बरका वडा अध्यक्ष प्रधुमन सेढाईले बताए । पञ्चायती व्यवस्था समाप्त भएसँगै उनले राजनितिबाट सन्यास लिएका थिए ।
पर्साको धोबिनी गाउँपालिका वडा नं. ५ निवासी अहमद पछिल्लो समय वीरगञ्ज महानगरपालिकाको वडा नं. ११ श्रीपुरमा रहेको आफ्नै घरमा बस्दै आएका थिए । उनको शनिबार बिहान निधन भएको उनको जेठो छोरा फिरोज अहमदले बताए ।
मृतक अहमदको जनाजा मुस्लिम रितिरिवाज अनुसार आज साँझ ५ बजे उहाँकै गाउँ धोबिनीमा अशरको नमाजपछि हुने उनको परिवारिक स्रोतले जनाएको छ ।