वीरगंज, २० भाद्र । पर्सा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट वीरगंज महानगरपालिकाका पूर्व मेयर विजय कुमार सरावगीको नाम सिफारिस भएको छ भने क्षेत्र २ (क) बाट प्रदेशसभा सदस्यमा चन्दन कुमार मिश्रको नाम सिफारिस भएको नेकपा एमालेले जनाएको छ ।
नेकपा एमाले, पर्सा निर्वाचन क्षेत्र नं. २ समन्वय कमिटीको बैठकले सरावगी र मिश्रलाई प्रत्यक्ष उम्मेदवरको रुपमा सिफारिस गरेको हो ।
प्रतिनिधिसभा सदस्यको लागि क्षेत्र नं. २ बाट सरावगी सँगै जिल्ला इन्चार्ज प्रभु हजराको नाम पनि सिफारिस गरिएको छ भने समानुपातिकतर्फ विणा शर्मा, रबीना खातूनको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष तर्फ चन्दन मिश्रसँगै ताहिर मियाँ, बाबूजन अली, केदार तिवारी, उद्धव उप्रेतीको नाम सिफारिस भएको छ भने दुर्गा लामिछाने, अर्जुन नेपाल, नन्दलाल कुर्मी, संतोष पासवनको नाम प्रदेशसभा सदस्यको लागि समानुपातिक सिफारिस गरिएको छ ।