वीरगंज, जेठ २३ । वीरगंज महानगरपालिकाको कोरोना विपद् कोषमा पिसिआर मेसिन र किट खरीदका लागि बिशाल फाउण्डेशनले आर्थिक सहयोग गरेको छ ।
फाउण्डेशनका अध्यक्ष अनिल कुमार कलवारले आज वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई रु. २५ हजार एकाउन्नको चेक हस्तान्तरण गर्नु भएको हो ।
मेयर सरावगीले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि पर्सावासीको परिक्षणलाई तिब्र बनाउन ठुलो क्षमताको पिसिआर मेसिन र किट खरीदको लागि नगरवासीसँग सहयोगको लागि अपील गर्नु भएको थियो ।
प्रदेश र संघीय सरकार पर्सावासीको लागि गम्भीर देखिएपछि महानगरले पिसिआर मेसिन र किट खरिदको लागि सहयोग संकलन शुरु गरेको हो । सो अभियानमा थोरै भएपनि सहयोग हुने र अरुलाई पनि सहयोग गर्न प्रेरित गर्ने उद्देश्यले आफूहरुले महानगरपालिकालाई सहयोग गरेको फाउण्डेशनका महासचिव निशान्त लामिछानेले बताउनुभयो ।
सो अवसरमा फाउण्डेशनका उपाध्यक्ष पंकज श्रेष्ठ, सुलभ जङ राना कोषाध्यक्ष मुकेश सिंह, दिपक साह, अलि अस्गर हवारी, संस्थाका वरिष्ठ उपाध्यक्ष महम्मद निजामुदिन(निजाम) लगायतको सहभागिता रहेको थियो ।
