बिहीबार भारत सरकारले सोमबारदेखि सपिङ मल, अफिस, रेष्टुरेन्ट, मठ मन्दिर लगायत खोल्न निर्देशिका तयार पारेको हो ।
निर्देशिकामा सरकारले मलमा आएका ग्राहकहरूलाई व्यवस्थित तरिकाले आउन दिनेदेखि मन्दिरमा मूर्तिलाई छुन नदिनेसम्म तयार पारेको छ। तर संक्रमित क्षेत्रहरूमा भने सम्पूर्ण सेवा बन्द हुने जनाइएको छ ।
सबैको प्रवेशद्वारमा तापक्रम नापिनेछ भने सबैले अनिवार्य मास्क लगाउनुपर्ने बताइएको छ ।
सिनेमा हल, गेमिङ क्षेत्र, पार्कहरू भने बन्द हुनेछन् ।
पसल तथा सपिङ मलमा जाँदा ६ फिटको भौतिक दूरी कायम गरी लामबद्ध भइ प्रवेश गर्न पर्नेछन् ।
लिफ्टबाट पनि एक पटकमा एक जनामात्रै चढ्न पाइनेछ भने एलिभेटरमा एक सिढी छाडेर चढ्नुपर्नेछ ।
पटक/पटक प्रयोग भइरहने ढोकाको ह्यान्डल, एलिभेटरको बटन, रेलिङ, कुर्ची लगायतलाई नियमित सफा गर्ने बताइएको छ ।