वीरगंज, जेठ २८ । क्यान महासंघ पर्साले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै वीरगंज महानगरपालिकाको कोरोना विपद् कोषमा आर्थिक सहयोग गरेको छ ।
वीरगंज महानगरपालिकाकाद्वारा स्थापित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा क्यान महासंघ पर्साले बुधबार रु. ५१ हजार सहयोग गरेको छ ।
नेपालमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढी रहेको बेला वीरगंज महानगरपालिकाले परीक्षणको दायरा बढाउन ठुलो क्षमताको पिसिआर मेसिन, भिटीएम किट लगायत स्वास्थ्य सामग्री खरिद गर्न शुरु गरेको अभियानमा क्यान महासंघ पर्साको टोलीले आफ्नो व्यक्तिगत खर्चबाट जम्मा गरेको रकमबाट सहयोग गरेको हो ।
क्यान महासंघ पर्साका अध्यक्ष दीपक साहको नेतृत्वमा गएको टोलीले वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई आज उनको कार्यकक्षमै भेटेर रु. ५१ हजारको चेक हस्तान्तरण गरेका छन् ।
चेक बुझ्दै मेयर सरावगीले कोरोना विरुद्धको अभियानमा क्यान महासंघ पर्साले महानगरलाई साथ दिएकोमा खुशी व्यक्त गरेका थिए । उनले क्यान महासंघले गरेको सहयोग अतुलनिय भएको बताउँदै सबै सरोकारवाला निकायलाई यस अभियानसँग जोडिन आग्रह गरे ।
चेक हस्तान्तरण कार्यक्रममा क्यान महासंघ प्रदेश २ का अध्यक्ष आलोक कुमार चौरसिया, जिल्ला उपाध्यक्ष प्रशान्त कुमार, जीवन प्रसाद गुप्ता, जीवन प्रकाश गुप्ता, सह सचिव गणेश सर्राफ, कोषाध्यक्ष संजय सक्सेना, सदस्यहरू अर्जुन कुमार अधिकारी, आशु सर्राफ लगायतको उपस्थिति रहेको थियो ।
![](/uploads/shares/Birgunj Mahanagar Palika Bigyapan 2077-2-10 to 20.jpg)