वीरगंज, असार ५ । वीरगंज महानगरपालिकाको कोरोना विपद् व्यवस्थापन कोषमा लायन्स क्लब अफ वीरगंज आदर्शनगरले आर्थिक सहयोग गरेको छ ।
वीरगंज महानगरपालिकाले पिसिआर मेसिन, भिटिएम किट लगायत स्वास्थ्य सामग्री खरिदका लागि शुरु गरेको अभियानमा सहयोग स्वरुप क्लबले रु. ६० हजारको चेक हस्तान्तरण गरेको हो ।
लायन्स क्लब अफ वीरगंज आदर्शनगरका अध्यक्ष राजेश अग्रवालको नेतृत्वमा गएको टोलीले वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई आज उनको कार्यकक्षमै भेटेर चेक हस्तान्तरण गरेका थिए ।
चेक हस्तान्तरण गर्ने क्रममा मेयर सरावगीले लायन्स क्लब अफ वीरगंज आदर्शनगरले सहयोग गरेकोमा धन्यवाद दिंदै महानगरपालिकाले खरिद गरि संचालन गर्न लागेको पिसिआर मेसिन र भिटिएम किटबाट छिट्टै परीक्षण शुरु हुने जानकारी दिए ।
चेक हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ वीरगंज आदर्शनगरका उपाध्यक्ष ओमकार चाचान, सचिव सन्दीप अग्रवाल, पुर्व अध्यक्ष मनोज बावरी, लायन्स क्लबका पुर्व एम्बेसडर अफ गभर्नर प्रकाश बाहिती, डिष्ट्रीक्ट एडभाइजर भंवरलाल पारिख, राजु अग्रवाल, सुनिल केडिया लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

