वीरगंज, असार १२ । लकडाउनको क्रममा साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थाले संयुक्त रुपमा वीरगंज आसपासका बेसहारा निमुखाहरूलाई निःशुल्क भोजन वितरण गर्दै आएको कार्यक्रम आज ९० औं दिनमा समापन गरेको छ ।
साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थाले आज शुक्रवार पनि आफ्नो दैनिक जिम्मेवारी निर्वाह गर्दै बेसहारा निमुखाहरूलाई भोजन वितरण गरेको छ । साहिब दरबार सेवा संस्थानका अध्यक्ष राजेशमान सिंहले वीरगंज आसपासका बेसहारा निमुखाहरूलाई निःशुल्क भोजन वितरण गरेकोे आज ९० औं दिन भएको र हाल वीरगंजमा लकडाउन हटाइएकोले आज देखि निःशुल्क भोजनको कार्यक्रम समापन गरिएको जानकारी दिनुभएको छ ।
अध्यक्ष सिंहले लकडाउनको अवधिमा बेसहारा निमुखाहरूलाई भोजन वितरण गर्ने क्रममा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि नागरिकको सेवामा सदैव तत्पर रहने बताउनु भयो ।