वीरगंज, असार १५ । राष्ट्रिय धान दिवसको उपलक्ष्यमा नेपाल किसान संघले बहुदरामाई नगरपालिका वडा नं. २ बैरियामा धान रोप्ने कार्यक्रम गरि धान दिवस मनाएको छ ।
नेपाल किसान संघका केन्द्रीय सदस्य बिरेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, विशिष्ट अतिथि पूर्व जिल्ला विकास समिति पर्साका सभापति जनार्दन सिंह क्षेत्री, नेपाली कांग्रेसका नेता बिरेन्द्रलाल नेपाली, सभासद रामेश्वर रौनियार, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, किशोरी कानु, महासमिति सदस्यहरु प्रकाश उपाध्याय, डा. कृपासिन्धु चौधरी, साबिर अंसारि, डा. प्रमोद कुशवाहा, जिल्ला सदस्यहरु दिना गुप्ता, रोशन लामिछाने, बैकुण्ठ श्रीवास्तव, महाधिवेशन प्रतिनिधि अशोक गुप्ता, वडा अध्यक्ष दिपेन्द्र पटेल, वडा सभापति मोतिरहमान, क्षेत्रीय कोषाध्यक्ष अनिल पटेल, राजेश तिवारी, अम्बुज सिंह, सुनिल पटेल, सिंहासन कुर्मि, मुकेश कुर्मि, राजेश गिरी, प्रदिप कुशवाहा लगायतका वक्ताहरुले कोरोना महामारी र सलहको प्रकोपबाट बच्दै कृषिलाई व्यवसायिकरण गर्नु अहिलेको प्रमुख चुनौती भएको कुरामा जोड दिएका थिए ।
सो अवसरमा कांग्रेस नेता कार्यकर्ताहरुले खेतमै रोपाई गरेर असार १५ समेत मनाएका थिए ।

