वीरगंज, असार १५ । पर्यावरण संरक्षणका लागि काम गर्ने सामाजिक संस्था वातावरण जिउने आधार अन्तर्गत रहेको ग्रीन आर्मीले सोमबार वीरगंज महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
ग्रीन आर्मीका क्याप्टेन राजाबाबु कलवार र वातावरण जिउने आधार संस्थाका केन्द्रिय अध्यक्ष आकाश चौहानले वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई सोमवार ज्ञापनपत्र बुझाएको हो ।
कोरोना भाइरसको सन्त्रास नसकिँदै भित्रिएको सलह किराले अनिकाल निम्त्याउन सक्ने भन्दै जनचेतनाका लागि आवश्यक पहल गर्न ज्ञापनपत्र बुझाएको जनाइएको छ ।
सलह किराले एकै पटक कैयौँ बिघा जग्गामा लगाइएको बालिनाली नष्ट पारदिन सक्छ ।
पाकिस्तान हुँदै भारत प्रवेश गरेको सलह किराको झुण्ड नेपाल भित्रिएको हो ।
समयमै आवश्यक किटानाशकको प्रयोगले यसलाइ नियन्त्रण गर्न सकिएन भने अर्काे महामारीको रूप लिन सक्ने विश्लेषकहरूको भनाइ रहेको छ ।
