वीरगंज, असार १७ । लायन्स क्लब अफ वीरगंज परिवारले लायन्स वर्ष २०२०/२१ को पहिलो दिनको अवसरमा आज वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।
क्लबका अध्यक्ष लायन श्याम गुप्ताको नेतृत्वमा रानिघाट बस पार्क एरियामा आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा १०० वटा भन्दा बढी बोट बिरुवाहरु रोपिएको क्लबका सदस्य विक्रम आलेले जानकारी गराएका छन् ।
वृक्षारोपण कार्यक्रममा लायन्स क्लबका ऐरिया को–चीफ लायन बिनय बंसल, डिष्ट्रीक्ट डिपार्टमेन्ट चिफ लायन वासु तिमिल्सिना, चन्द्रशेखर पटेल, क्लबका प्रथम उपाध्यक्ष प्रकाश श्रीवास्तव, द्वितीय उपाध्यक्ष अशोक बेरिवाल, तृतीय उपाध्यक्ष सन्दीप गुप्ता, सचिव रवि सर्राफ, कोषाध्यक्ष सुकेश्वर घिमिरे, सदस्यहरु विक्रम आले, अंगद साह, वडा न. २४ का वडा अध्यक्ष दशरथ पटेल, स्थानीय जगरनाथ प्रसाद कुर्मी, जंगाली राउत, सन्तोष पटेल, बिरेन्द्र पटेल लगायतको सहभागिता रहेको थियो ।
