वीरगंज, श्रावण २ । लायन्स क्लब अफ वीरगंज परिवारद्वारा भोज भगत मा.वि. परवानीपुरको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई आवश्यक स्टेसनरी सामग्री वितरण गरिएको छ ।
लायन्स क्लब अफ वीरगंज परिवारका सदस्य लायन प्रकाश श्रीवास्तवको जन्मदिनको अवसरमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई आवश्यक स्टेसनरी सामग्री वितरण गरिएको लायन्स क्लब अफ वीरगंज परिवारका अध्यक्ष लायन अशोक बेरिवालले बताउनुभयो ।

सो अवसरमा लायन्स क्लबका एरिया चिफ लायन बासु तिमिल्सिना, डिष्ट्रक्ट डिपार्टमेन्ट मेम्बर लायन चन्द्रशेखर प्रसाद कुर्मी, एम्बेसडर अफ गभर्नर लायन रिकेश साह, जोन चेयरपर्सन लायन श्याम गुप्ता, क्लबका तृतीय उपाध्यक्ष लायन भानुभक्त अधिकारी, सचिव लायन नरोत्तम पाण्डे, कोषाध्यक्ष लायन अंगद साह लगायत लायन्स क्लबका अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
