वीरगंज, भदौ १४ । लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसको आयोजनामा नेपालÐभारत सिमा नजिकै रहेको नेपालको मुख्य प्रवेशद्वार भनेर चिनिने वीरगंजको शंकराचार्य गेटबाट आवत जावत गर्ने यात्रु एवं बटुवाहरुलाई निःशुल्क मास्क वितरण एवं जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
शंकराचार्य गेटबाट आवत जावत गर्ने यात्रु एवं बटुवाहरुलाई लायन्स क्लब अफ काठमाडौं फेलोसिप एटु बाट सहयोग स्वरुप प्राप्त भएको तीन हजार पिस मास्क वितरण गरी विश्व महामारीको रुपमा रहेको कोरोना रोगबाट सुरक्षित रहने उपायबारे ध्यानाकर्षण गराइएको थियो ।
लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका अध्यक्ष लायन किरण अग्रवालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका को-चिफ डिष्ट्रिक्ट एडभाइजरद्वय लायन राम बिहारी पाण्डे, लायन देव चौधरी, एरिया चिफ लायन बासु तिमिल्सिना, डिष्ट्रिक्ट चेयरपर्सन लायन लक्ष्मी महत, डिष्ट्रिक्ट डेपुटी चिफ लायन उमेश साह कानु, निवर्तमान एरिया चिफ लायन बिनय बंशल, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन चन्द्रशेखर पटेल, लायन्स क्लब अफ वीरगंज परिवारका अध्यक्ष लायन अशोक बेरिवाल, ग्रीन क्याम्पसका निवर्तमान अध्यक्ष लायन प्रजय अग्रवाल, उपाध्यक्ष लायन धिरज गुप्ता लगायत लायन्स क्लबका अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।