अष्ट्रेलिया-कोरोना भाईरसको प्रकोप बढ्दै गएपछि अष्ट्रेलियाले विदेशी नागरिकलाई आफ्नो भूमिमा प्रवेश नदिने भएको छ । अष्ट्रेलिया सरकारले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि भोलि शुक्रवार राति ९ बजेबाट यो नियम लागु गर्दैछ ।
यसअघि चीन, ईरान, ईटाली र साउथ कोरियाबाट आउनेलाई मात्र अष्ट्रेलिया प्रवेशमा रोक लगाईएको थियो ।
विदेशीले प्रवेश नपाएपनि अष्ट्रेलियन नागरिक र पिआरवालाले भने प्रवेश पाउनेछन् । तर, उनीहरुले आफुलाई १४ दिनसम्म सेल्फ आईसोलेसनमा राख्नुपर्नेछ ।
अष्ट्रेलियामा भेटिएको ८० प्रतिशत संक्रमणको घटना विदेशमा वा विदेश गएर आएकाहरुको सम्पर्क मार्फत सरेको भेटिएको छ ।
हालसम्म अष्ट्रेलियामा ५ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ४६ जना उपचार पश्चात निको भएका छन् ।