वीरगञ्ज । निर्वाचन कार्यालय, पर्साका अनुसार आर्थिक वर्ष २०८१ को चैत मसान्तसम्म पर्सा जिल्लामा कुल मतदाता संख्या तीन लाख ५१ हजार ६२८ पुगेको छ। कार्यालय प्रमुख अनामिका रौनियारका अनुसार वीरगञ्ज महानगरपालिका सर्वाधिक मतदाता संख्या भएको क्षेत्र हो।
रौनियारका अनुसार, वीरगञ्ज महानगरमा कुल १,३२,३९३ जना मतदाता छन्। तीमध्ये ७५,१६९ जना पुरुष र ५७,२२० जना महिला मतदाता रहेका छन्। कार्यालयका अनुसार पछिल्लो समय महिलाहरूको सहभागिता उत्साहजनक रूपमा बढिरहेको छ। महानगरमा अन्य समुदायका मतदाता संख्या भने चार जना मात्र छन्।
निर्वाचन कार्यालयबाट प्राप्त विवरण अनुसार पर्साका अन्य स्थानीय तहमा मतदाता संख्या यसप्रकार रहेको छ: पर्सागढी नगरपालिका – २२,९५१, बहुदरमाई नगरपालिका – २४,९९३, पोखरिया नगरपालिका – २०,०४३, सखुवाप्रसौनी गाउँपालिका – २०,१४४, जगरनाथपुर गाउँपालिका – १८,६७२, विन्दवासिनी गाउँपालिका – १५,१८८, छिपहरमाई गाउँपालिका – १५,९७२, ठोरी गाउँपालिका – १४,६७६, जिराभवानी गाउँपालिका – १४,२६४, पटेर्वा सुगौली गाउँपालिका – १४,०३३, कालिकामाई गाउँपालिका – १३,२८२, पकहाँमैनपुर गाउँपालिका – १२,५९२, धोबिनी गाउँपालिका – १२,४२५, त्यस्तै, अन्य समुदायका मतदाता संख्या जिल्लाभर १५ जना रहेका छन्।
कार्यालयका अनुसार पछिल्ला वर्षहरूमा महिलाहरूको मतदाता नामावलीमा सहभागी हुने दरमा वृद्धि भएको छ। यसले महिला सहभागिता र प्रतिनिधित्वका सवालमा सकारात्मक संकेत देखिएको जनाइएको छ।