वीरगञ्ज - लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी जोन चेयरपर्सन लायन पिंकी साहलाई उनको सक्रियता, नेतृत्वदायी भूमिका तथा सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस अन्तर्गतको एरिया नम्बर ३ को वीरगञ्जमा आयोजित पदस्थापन समारोहमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी उप-गभर्नर पिएमजेएफ लायन अंकीता सुमार्गीले साहलाई सम्मानपत्र तथा मायाको चिनोसहित सम्मान गरेकी थिइन्।
कार्यक्रममा सहभागी अन्य लायन्स पदाधिकारी तथा सदस्यहरूले उनको नेतृत्वमा सामाजिक सेवा, मानवीय सहयोग तथा समुदायमुखी गतिविधिहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउन सकिने विश्वास व्यक्त गरेका थिए।
सम्मान ग्रहण गर्दै लायन पिंकी साहले आफूलाई प्रदान गरिएको सम्मानले सामाजिक सेवामा थप जिम्मेवारीका साथ सक्रिय हुन प्रेरणा मिलेको बताउँदै लायन्सको मूल भावना अनुरूप समाजसेवा र मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा लायन्स क्लबका विभिन्न पदाधिकारी, क्लबका सदस्य तथा समाजसेवीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले लायन पिंकी साहलाई बधाई तथा आगामी कार्यकालका लागि सफलताको शुभकामना दिएका थिए।