वीरगञ्ज- सेस्मी इन्टरनेशनल स्कूल वीरगञ्जका विद्यार्थीहरूले यस वर्ष पनि आफ्नो वार्षिक विज्ञान प्रदर्शनी भव्य रूपमा सम्पन्न गरेका छन्। प्रदर्शनीमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले तयार पारेका नवीन वैज्ञानिक मोडेल, प्रयोगहरू, नवीन आविष्कारका अवधारणा र वातावरण-मैत्री परियोजनाहरू प्रस्तुत गरिएको थियो।
कार्यक्रममा अभिभावक, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थीहरूले आफ्नो परियोजना बारे विस्तृत रूपमा जानकारी दिँदै ऊर्जा संरक्षण, रोबोटिक्स, नवीकरणीय ऊर्जा, जल संरक्षण, वातावरण प्रदूषण न्यूनीकरण जस्ता विषयमा आफ्ना सिर्जनात्मक मोडेलहरू प्रदर्शन गरेका थिए।
विद्यालयकी प्रिन्सिपल आशमा सिंह यादवले विद्यार्थीहरूको मेहनत र सिर्जनात्मकतालाई उच्च प्रशंसा गर्दै यस प्रकारका गतिविधिबाट विद्यार्थीहरूमा अनुसन्धान, समस्या समाधान क्षमता र नवप्रवर्तनशील सोच बलियो रूपमा विकास हुने बताउँदै विद्यार्थीहरूको सक्रिय सहभागिता र यस किसिमका गतिविधिले विद्यार्थीहरूमा विज्ञानप्रतिको रुचि र अनुसन्धान प्रवृत्ति अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेकी गरेकी थिइन् । विद्यालय प्रशासनले आगामी वर्षहरूमा अझ व्यापक र आधुनिक प्रविधियुक्त प्रदर्शनी आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।





