काठमाडौं - नेपाली कांग्रेसमा देउवा समूहप्रति आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ, जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) बाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ का सांसद पदका प्रत्याशी डा. कृपा सिन्धु चौधरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।
जसपा नेपाल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका डा. चौधरीलाई नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको हो।
डा. चौधरीको प्रवेशले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ मा कांग्रेसको संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। उहाँले आगामी दिनमा पार्टी संगठन सुदृढीकरण, कार्यकर्ता एकता, जनसम्पर्क विस्तार तथा स्थानीय जनताका सरोकारका विषयलाई प्राथमिकताका साथ अघि बढाउने बताइएको छ।
डा. चौधरीको कांग्रेस प्रवेशसँगै निर्वाचन क्षेत्र नं. ४ मा पार्टीका गतिविधि थप सक्रिय हुने कांग्रेससम्बद्ध नेताहरूले अपेक्षा गरेका छन्।